दाङ, असार २८ –
दाङको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः सलह किराको नयाँ झुण्ड देखिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको हो ।
पहिलेको भन्दा ठूलो संख्यामा सलह प्रवेश गरेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए । सलह पुन गाउँमा छिरेपछि कृषकहरु त्रसित बनेका छन् ।
कृषकहरुले भाडाँ ठटाएर, धुँवा बनाएर सलह भगाउने प्रयास गरेका छन् ।
पश्चिमबाट पूर्वतर्फ हावा लागेकाले किरा पूर्वतर्फ गइरहेकाे धितालले बताए । यसअघि आएको सलह किराले दाङ जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा लगाएको धान, मकै र तरकारी बालीमा क्षति पुर्याएको थियो ।
https://www.facebook.com/basudev.nyaupane/videos/10217880104249338/
प्रतिक्रिया दिनुहोस