चैत ७, २०८१ बिहीबार
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ एसईईमा सामेल हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । भिडियो सन्देशमार्फत उहाँले एसईईमा सहभागी हुने विद्यार्थीलाई धैर्यका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीलाई धेरै परीक्षा पास गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिन पनि आग्रह गर्नुभएको छ ।
यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी हुँदैछन् । गएको वर्षको एसईई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । पोहोरभन्दा यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।
यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी हुने र काठमाण्डौको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
यस वर्ष सबैभन्दा बढी काठमाण्डौमा ३९ हजार ६ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिँदैछन् । एसईई आजदेखि शुरु भएर १९ गतेसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा तालिकानुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
Thinking about trying out timislotsgame. Anyone know if they’ve got decent payouts? A man can dream of winning, right? Check out timislotsgame if anyone else is feel lucky!
Y88bet has been treating me pretty well lately. Good variety of games and the payouts are decent. Totally worth checking out y88bet trust me!
Km777casino! Get your casino on in this easy login location. Jump on and see what it’s all about km777casino!
Banca26 always delivers! Fast transactions and reliable service. Can’t go wrong playing here banca26.