ग्राहकहरूलाई वाइफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाइफाई भोवाइफाई सेवाको सुरूवात गरेको छ।
नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा सञ्चालनमा ल्याएको हो।
यो सेवाले ग्राहकहरूलाई कुनैपनि भरपर्दो वाइफाई इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउँछ।
वाइफाई कलिङ्का नामले पनि चिनिने भोवाइफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला विल्डिङ्का बेसमेन्टहरू र दुर्गम स्थानहरूमा सेवा लिन समेत प्रयोग गर्न सकिन्छ।
प्रारम्भिक चरणमा हाललाई एनसेलको यो सेवा आइफोन ८ र त्यसमाथिका आइफोन मोडेलहरूमा उपलब्ध रहेको छ।
यसको विषेशता भनेको सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क लाग्दैन।
ीबहmष् दबलप
ग्राहकहरूले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्छन्।
भ्वाइस ओभर लङटर्म इभोलुशन ९भोल्टे० सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाईफाईका लागि भरपर्दो वाईफाई कनेक्सनको आवश्यकता पर्दछ।
ल्अज
िल्अभिि
कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरुबाट कुराकानी गर्दा गर्दै मोबाइल नेटवर्क भएको स्थानमा पुगेमा बिना कुनै बाधा भोवाइफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने यो प्रविधिको एक मुख्य विषेशता हो।
यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरूका लागि धेरै फाइदा पुर्याउँदछ।
भोवाइफाई सेवाका साथ ग्राहकहरुलाई मोवाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरूमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाइफाई सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ।
चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भिभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको रहेको छ। यसले अझ बढी उपभोक्ताहरूलाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाइफाई दुवै सेवा उपयोग गर्न सहज बनाउँछ।
भोवाइफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरी एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ।
त्यस पश्चात ग्राहकले कुनैपनि भरपर्दो वाइफाईमार्फत भोवाइफाई सेवाको फाइदा लिन सक्छन्।
सेवा एक्टिभेट गर्नुअघि, ग्राहकहरूले भोल्टे र भोवाइफाई वा वाइफाई कलिङ दुवै आफ्नो मोबाइलमा सक्रिय अर्थात स्विच अन गरेको हुनुपर्दछ।
त्यसका लागि सेटिङमा गएर, मोबाइल नेटवर्कभित्र गई सिमकार्ड छान्नु पर्दछ र भोवाइफाई, वाइफाई कलिङ वा सोहि अनुसार छानेर सक्रिय गर्नु पर्दछ।
यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाइफाई वा वाइफाई कलिङ देखेमा सो मोबाइलमा भोवाईफाई सेवा चल्ने बुझिन्छ।
सेटिङमा भोवाइफाई, वाइफाई कलिङ सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आइओएस दुवैका लागि समान रहेको छ।
JK4casino, hmm. Seems like a solid platform. I keep seeing it pop up. I should maybe give it a try one of these days. Who wants to come play? jk4casino.
M88cvf is my go-to spot lately! Seriously, the variety of games keeps things interesting, and the odds are pretty sweet. Def worth checking out! Get in on the action here: m88cvf
Taya999… hmmm, pretty decent casino. What I like? The bonuses are actually useful. Could improve the loading times maybe, but overall, I’m happy with my time there. Give it a whirl: taya999
Gave panalowin a go and the site’s easy to use. Good selection of games keeps things interesting! Give it a whirl right here: panalowin.