बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो ?

News मुख्य समाचार समाचार

हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२१ आइतबार ।

शनिबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७।२ डिग्री सेल्सियस मापन भएको छ। शनिबार ५।९ डिग्री सेल्सियस मापन भएको थियो।

बिहान काठमाडौंको आकाशमा तुलनात्मक रूपमा बढी बादल जम्मा भएकाले न्यूनतम तापक्रम केही वृद्धि भएको मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।

न्युनतम तापक्रम बढेकाले काठमाडौंमा तुलनात्मक रूपमा बिहान कम चिसो महशुस भएको छ।

शनिबार काठमाडौंको अधिकतम तापक्रम १९।५ डिग्री सेल्सियस मापन भएको थियो। आज पनि अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने अनुमान रहेको मौसमविद महर्जनले जानकारी दिइन्।

सोमबार र मंगलबार माथिल्लो भूभागमा हिमपात र पहाडी भूभागमा वर्षाको सम्भावना भएकाले तापक्रम केही घट्न सक्ने उनले बताइन्।

एक सातामा कति घटबढ भयो काठमाडौंको न्यूनतम तापक्रमरु

‍काठमाडौंमा एक साताअघि आइतबार ६।७ डिग्री सेल्सियस मापन भएको थियो।

त्यसपछि सोमबार ५ , मंगलबार ५।४, बुधबार ५।७ र बिहीबार ५।६, शुक्रबार ५।७ र शनिबार ५।९ डिग्री सेल्सियस मापन भएको थियो।

3 thoughts on “बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो ?

  1. Heard about jilivsa from a friend and decided to check it out. Haven’t been disappointed! Pretty solid platform with a good range of games. Go on over to jilivsa and see for yourself.

Leave a Reply

Your email address will not be published. Required fields are marked *