कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

News मुख्य समाचार समाचार

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।

झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन् । सोमबार अस्पतालमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।

कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा मृत्यु भएको यो पहिलो केश हो । मृतकको शव परिवारले बुझिसकेको प्रहरीले जानकारी दिएको छ । नोबेलमा उपचारका लागि आएकी महिलामा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ । उनी एक साताभन्दा लामो समयदेखि बिरामी रहेको पाइएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए ।

कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।तीमध्ये एक जनाको ज्यान गएको हो । सङ्क्रमितमध्ये झापाका ४ जना र मोरङका २ र इलामका १ जनाको उपचार भइरहेको बताइएको छ ।

4 thoughts on “कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

  1. Being a mobile gamer I need an app that loads fast and does not drain my battery. This one checks all the boxes. The game library is massive and the customer service actually knows how to talk to real players. I keep coming back for more. lucky379gameapk

  2. Fellow Pinoy here and I can finally say I found a site that gets our vibe. Fast banking options for local wallets and the support team speaks our language perfectly. Winning here feels like a celebration with the whole family. Keep up the great work. phmegapanalo

  3. Honestly the simplest onboarding process I have seen in a long while. Just plugged in my details and started exploring right away with zero confusing steps. The support chat is quick and speaks your language which makes everything so much easier. bdb88

Leave a Reply

Your email address will not be published. Required fields are marked *